माछापुच्छ्रे ५ मा एमालेको घरदैलो, सडक स्तरोन्नती गर्ने प्रतिवद्धता
कास्की | बैशाख २१, २०७९
पोखरा: माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल पुल बनाउन पहल गर्ने, वडाको माध्यमिक तहको विद्यालयलाई विशेष जोड दिने र हाल सञ्चालनमा रहेका बाँकी योजनाको काम गर्ने र शिक्षा, स्वास्थ र रोजगारमा विशेष ध्यान दिने बताए ।
आज माछापुच्छ्रे ५ रिभानमा भएको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पदका उम्मेदवार सीता तिवारी अधिकारीले महिलालाई प्राथामिकतामा राखेर काम गर्ने बताइन् ।
विभिन्न स्थानमा भएका घरदैलोमा केन्द्रीय पोलिटब्युरो सदस्य तथा पूर्व संविधान सभा सदस्य सीता गिरी ओलीले नेकपा एमालेले मात्र स्पष्ट र देश विकासको निति लिएको हुनाले देश समृद्व बनाउन एमालेकै नेतृत्व हुनुपर्नेमा जोड दिइन् ।
जसका लागि सात सूर्यमा सात छाप लगाई एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेकी छिन् ।
आज गाउँपालिकाका ईदीखोला, नयाँपुल, अनन्ते ठाँटी हुँदै रिभान गाउँ, हुम्दी, डाडाँगाउँ, लाम्पाटा, मोहोरिया लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भने भोलि माछापुच्छ्रे ९ मा घरदैलो गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

